उत्तरी सागरमा कार्बन भण्डारण सुरु
barnanmedia.com · Fri Sep 18 21:15:00 GMT 2026

नमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड भण्डारण गर्ने सुविधा सञ्चालनमा ल्याएको छ । ऊर्जा समूह आइएनइओएसले ‘ग्रीन्स्यान्ड’ कार्बन कब्जा तथा भण्डारण (सिसिएस) परियोजनाअन्तर्गत पुरानो तेल प्लेटफर्ममुनि कार्बनडाइअक्साइड भण्डारण सुरु भएको जनाएको छ ।
आइएनइओएसका प्रमुख कार्यकारी डेभिड बकनलले ग्रीन्स्यान्ड युरोपेली सङ्घ (इयु) को पहिलो पूर्ण क्षमताको कार्बनडाइअक्साइड भण्डारणस्थल भएको बताउनुभयो । उहाँका अनुसार यसले युरोपभरि यस्ता परियोजना विस्तारका लागि आधार तयार गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)