जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
nepalbahas.com · Wed Jan 08 16:45:41 GMT 2025

जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
२४ पुस, जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाभित्रका आठ वटा सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । विज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि विज्ञान विषयको पठनपाठन सहज हुने पाण्डवगुफा माध्यमिक विद्यालयका प्रद्यानाध्यापक हस्तबहादुर भण्डारीले जानकारी दिए । विज्ञान प्रयोगशालाबाट विद्यार्थीलाई सिकाइ उपलब्धिमा सहयोग मिल्ने उनको विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)