मुगुको माग्रीका बिसे र दूधे ताल ओझेलमा
deshsanchar.com · Wed Jan 08 16:58:23 GMT 2025

मुगु – मुगुको गमगढी बजारबाट करिब १ दिनको पैदल दूरीमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका– ८ माग्रीको लेक क्षेत्रमा रहेका बिसे र दूधे ताल ओझेलमा परेका छन्। हलसम्म कुनै पनि माध्यमकाट बाट प्रचारप्रसारमा नआउँदा उक्त तालहरू ओझेलमा परेका हुन्।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यी ताल पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने सम्भावना भए पनि, सम्बन्धित निकायको ध्यान नपुगेका कारण यिनीहरूको पहिचान संकटमा परेको स्थानीयवासी बताउँछन्। माग्री गाउँबाट करिब ३ देखि ४ घन्टाको पैदल दुरीमा पुगिने यी तालहरू केही बर्ष पहिला सातवटा दुधे दह र २० वटा बिसे दह रहेको र हाल जलवायु परिवर्तनको असरले हाल ४ वटा बाहेक सबै सुकिसकेको स्थानिय समाजसेबी सोनाम लामाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)