यौनकर्मी महिलामाथि चक्कु प्रहार गर्ने युवक पक्राउ
annapurnapost.com · Wed Jan 08 16:52:28 GMT 2025

काठमाडौं : शारीरिक सम्बन्ध राखेर युवतीमाथि चक्कु प्रहार गर्ने एक युवक पक्राउ परेका छन्। गत कात्तिक ८ गते भक्तपुरको काँडाघारीमा रहेको आँखा अस्पताल पछाडि एक युवती रगताम्भे अवस्थामा भेटिएकी थिइन्। अस्पताल पछाडि फोहर फाल्ने झाडीमा भेटिएकी उनको शरीरको विभिन्न ठाँउमा चोट लागेको थियो। रगत बगिरहेको थियो। स्थानीय व्यक्तिले उनलाई त्यहाँबाट उद्धार गरी वीर अस्पताल पुर्याएका थिए।
युवतीलाई शारिरिक सम्पर्कपश्चात चक्कु प्रहार गर्ने दोलखाका २२ वर्षीय रविन बस्नेत बुधबार पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनले गत कात्तिक ८ गते देशव्यापारमा संलग्न एक २२ वर्षीय युवतीलाई चक्कु प्रहार गरी फरार रहेका थिए। दोलखाको शैलुङ गाँउपालिका-५ स्थायी घर भएका बस्नेत काठमाडौंमा सार्वजनीक बसमा सहचालकको काम गर्थे। पछिल्लो समय बालुवा डिपोमा भरियाको काम गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)