पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
barnanmedia.com · Fri Sep 18 21:25:00 GMT 2026

उत्तरपश्चिमी पाकिस्तानको प्रहरी कार्यालयनजिकै रहेको मस्जिदमा शुक्रबार शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । प्रहरी तथा उद्धार अधिकारीका अनुसार सुरक्षा बलले लडाकुविरुद्ध कारबाही गरिरहेका बेला उक्त विस्फोट भएको हो ।
खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा भएको घटनामा विस्फोटक पदार्थले भरिएको एउटा गाडी मस्जिदमा ठोक्काइएको प्रान्तीय प्रहरी प्रमुख जुल्फिकार हमिदले बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)