फेरि देखिन थाले हराइसकेका गिद्ध
gorkhapatraonline.com · Wed Jun 03 02:54:36 GMT 2026

पछिल्ला वर्षहरूमा अर्घाखाँची गिद्धका लागि महत्वपूर्ण वासस्थानका रूपमा परिचित बन्दै गएको छ । हिमाली भेगमा पाइनेदेखि तराई क्षेत्रमा बसोबास गर्ने गिद्धसमेत जिल्लाका विभिन्न स्थानमा देखिन थालेपछि अर्घाखाँची गिद्ध संरक्षणका दृष्टिले विशेष महत्वको क्षेत्र बनेको हो ।
जिल्लाका विभिन्न क्षेत्रमा हाल पाँच प्रजातिका गिद्ध पाइने गरेका छन् । गिद्ध संरक्षण अभियानका सदस्य कृष्णप्रसाद भुसालका अनुसार अर्घाखाँचीका सामुदायिक वन, भिरपाखा, मरघट, खोँच तथा ढकालगाउँलगायतका स्थानमा डङ्गर, सुँड, गोभे, हिमाली र हाडफोर गरी पाँच प्रजातिका गिद्ध नियमित रूपमा देखिने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)