मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘कक्रोच जनता पार्टी’का प्रवक्ताले भने– हामी कुनै पनि हिंसाको समर्थन गर्दैनौं

nepalpress.com · Thu Jun 04 11:37:52 GMT 2026

काठमाडौं। ‘कक्रोच जनता पार्टी’का प्रवक्ता आशुतोष रांकाले बिहीबार सञ्चारमाध्यमसँग कुरा गर्दै ६ जुनमा हुने भनिएको प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण हुने बताएका छन्।

उनले भने, ‘हामीले र अभिजीत दीपकेले सुरुदेखि नै बारम्बार भनेका छौँ कि कुनै पनि प्रकारको प्रदर्शन शान्तिपूर्ण तरिकाले गरिनेछ। ककरोच जनता पार्टी र यो आन्दोलनले कुनै पनि प्रकारको हिंसालाई समर्थन गर्दैन।’

उनले थपे, ‘हामी देखिरहेका छौँ कि हिजोदेखि सामाजिक सञ्जालमा विभिन्न अकाउन्टहरूबाट दिल्लीमा यस्तो हुनेछ, उस्तो हुनेछ भनेर अफवाह फैलाइँदैछ। हामी स्पष्ट पार्न चाहन्छौँ कि कक्रोच जनता पार्टीले शान्तिपूर्ण प्रदर्शन गर्नेछ।’

उनले दिल्ली प्रहरीलाई यस्ता भिडियो तथा सामग्री देखिएमा तुरुन्तै कारबाही गर्न अनुरोध पनि गरेका छन्।

कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपके ६ जुनमा भारत फर्किँदैछन्।

उनले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै जंतर–मंतरमा विरोध प्रदर्शन गर्ने बताएका छन्।

Kathmandu. Speaking to the media on Thursday, 'Kakroch Janata Party' spokesperson Ashutosh Ranka said that the protest scheduled to be held on June 6 will be completely peaceful.

He said, "We and Abhijeet Deepke have repeatedly said from the beginning that any kind of protest will be held peacefully. The Cockroach Janata Party and this movement do not support any kind of violence."

He added, "We are seeing that since yesterday, rumors are being spread on social media from various accounts that this will happen in Delhi, that will happen. We want to make it clear that the Cockroach Janata Party will protest peacefully."

He has also requested the Delhi Police to take immediate action if such videos and content are found.

Abhijeet Deepke, founder of the Cockroach Janata Party, is returning to India on June 6.

He has said that he will protest at Jantar Mantar demanding the resignation of Education Minister Dharmendra Pradhan.

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय