किड्स कप २०२६ को उपाधि लिटिल एन्जल्स स्कुललाई
arthadabali.com · Sat Jul 18 08:09:15 GMT 2026
काठमाडौँ / लिटिल एन्जल्स स्कुलले पहिलो संस्करणको आईविबी किड्स कप २०२६ को उपाधि जितेको छ। आइतबार सम्पन्न रोमाञ्चक फाइनलमा लिटिल एन्जल्सले काष्ठमण्डप विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।
आईविबी नेपालको आयोजनामा भएको १० वर्षमुनिका बाल खेलाडीहरूको अन्तरविद्यालय फुटबल प्रतियोगितामा आठ विद्यालयले आठ फरक देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा ज्ञानोदय बालबाटिका स्कुल, डीएभी स्कुल, दरबार हाई स्कुल, प्राइम ग्लोबल स्कुल, काष्ठमण्डप विद्यालय, लिटिल एन्जल्स स्कुल, क्याम्पियन स्कुललगायतका विद्यालय सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)