भयावह बन्दै डेंगु : ६९ जिल्लामा फैलियो, बिरामी चार हजार नाघे
farakdhar.com · Tue Jul 25 17:10:00 GMT 2023
देशभर डेंगुका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार चार हजार दुई सय ८९ जना डेंगुका बिरामी भएका छन् ।
महाशाखाका अनुसार असार ३० गते दुई हजार नौ सय ३० जनामा डेंगुको संक्रमण भएको थियो । कोशी प्रदेशमा दुई हजार सात सय ५४, बागमती प्रदेशमा सात सय ७६, गण्डकी प्रदेशमा तीन सय ४४, सुदूरपश्चिम प्रदेशमा तीन सय १६, लुम्बिनी प्रदेशमा एक सय ६६, मधेस प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेंगुका बिरामी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)