कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि
neplays.com · Sat Jun 06 12:33:24 GMT 2026

काठमाडौं। पाँचौं काठमाडौं महानगरपालिका वडा नं.४ स्तरीय दौड प्रतियोगिताको उपाधि कृष्ण राई र अन्जु बुढाले जितेका छन् । शनिबार सम्पन्न ५ किमि दौडमा कृष्णले पुरुष र अन्जुले महिलातर्फ उपाधि जितेका हुन् ।
काठमाडौं वडा नं.४ द्वारा आयोजित दौड प्रतियोगितामा कृष्णले १९ मिनेट ५६ सेकेन्डमा दूरी पार गर्दै सफलता हात पारेका हुन् । रमेश सिंह २० मिनेट ३२ सेकेन्डसाथ दोस्रो तथा रावल तिनवा २० मिनेट ३६ सेकेन्डसहित तेस्रोमा रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ