म्यादी प्रहरीमा युवाको आकर्षण : २ लाख ३३ हजारले आवेदन दिए, आवेदन दिनेमा महिलादेखि रिटायर सुक्षाकर्मीसम्म
pahilopost.com · Sat Sep 24 00:48:41 GMT 2022
काठमाडौं : म्यादी प्रहरीको लागि माग गरेको भन्दा दोब्बर आवेदन परेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको थियो। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनाव सुरक्षाका लागि आवेदन खुलाएको हो। तर असोज ६ गतेसम्म देशभर माग भन्दा दोब्बर आवेदन परेको नेपाल प्रहरीले जानकारी दिएको छ।
सातवटै प्रदेशबाट २ लाख ३३ हजार १०९ जनाको आवेदन परेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकरी दिएको छ। यसरी आवेदन दिनेहरुमा ६० हजार ५८७ जना महिला छन्। मधेश प्रदेशमा सबैभन्दा धेरै आवेदन परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)