डिप्रोक्स लघुवित्तको नगद लाभांश बैंक खातामा जम्मा, कर्मचारी कटौतीको दोस्रो लहर सुरु
arthasansar.com
१. एक आपसमा मर्ज हुन लागेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चैत २२ गते विशेष साधारण सभा डाकेको छन् । आइएमई जनरलको लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा र प्रुडेन्सियलको सभा होटल इच्छा, सिमरा बारामा बिहान ११ बजे सुरु हुनेछ । सभामा आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्स १:१ अनुपातमा मर्ज हुने प्रस्ताव पारित गरिनेछ । मर्ज भएपछि कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्सुरेन्स राख्ने प्रस्ताव पनि सभामार्फत पारित गरिन्छ ।
२. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा ११.०५३ प्रतिशत नगद लाभांश जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । संस्थाले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)