तारको जन्जालले कुरूप बन्दै कुस्मा बजार
gorkhapatraonline.com · Wed Jun 03 03:09:57 GMT 2026

पर्वत जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र कुस्मा बजार पछिल्लो समय अव्यवस्थित विद्युतीय इन्टरनेट तथा केबुलका तार र जथाभाबी राखिएका होर्डिङ बोर्डका कारण कुरूप बन्दै गएको छ ।
पर्यटकीय सम्भावना बोकेको कुस्मा बजार विश्वकै अग्लामध्येको बन्जी जम्प, जिपलाइन र विभिन्न झोलुङ्गे पुलका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ तर बजार क्षेत्रका सडक किनार, चोक र विद्युतीय पोलमा झुन्डिएका तारका जन्जालले सहरको सौन्दर्यमाथि प्रश्न उठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)