दस वर्षमा साठी प्रतिशत काम
gorkhapatraonline.com · Wed Jun 03 03:19:31 GMT 2026

निर्माण कम्पनीको लापर्बाहीले नवलपुरको कालीगण्डकी नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र परेको छ । एउटा पुल बनाउन छ पटक म्याद थप्दा पनि काम हुन नसकेको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीले जानकारी दिनुभयो । छैटौँ पटक थपिएको म्याद पनि चैत मसान्तमा सकिएको छ ।
नवलपुरको बुलिङटार र तनहुँको रिसिङ गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा २०७३ साल असार २९ गते पुल निर्माणको सम्झौता भएको थियो । २६ करोड ८२ लाख ८६ हजार ४३२ रुपियाँ लागतमा लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले संयुक्त काम गर्ने गरी ठेक्का लिएका थिए । ठेकेदार कम्पनीले काम नसक्दै १३ करोडभन्दा बढी रुकम भुक्तानी लगिसकेको सुवेदीको भनाइ छ । “हालसम्म भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५१ प्रतिशत भएको छ,” सुवेदीले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)