आजको लागि विदेशी मुद्राको विनिमयदर सार्बजनिक
kendrabindu.com · Wed Jun 03 03:14:12 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो घटेका सबैजसो विदेशी मुद्राको मूल्य आज बढेको हो।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा थियो। यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)