वाङचुक अस्पताल भर्ना भएपछि अभिजितको आमरण अनशन घोषणा, श्रीमतीले दिइन् यस्तो अल्टिमेटम
nagariknews.nagariknetwork.com · Sat Jul 18 08:30:53 GMT 2026

भारतको केन्द्रीय राजधानी दिल्लीस्थित जन्तरमन्तरमा २० दिनदेखि आमरण अनशनमा रहेका सोनम वाङचुकलाई २१औँ दिनमा शनिबार प्रहरीले अस्पताल लगेको छ। स्वास्थ्यमा समस्या देखिएपछि वाङचुकलाई सफदरजंग अस्पतालमा भर्ना गरिएको हो।
वाङचुकलाई अस्पताल लगेपछि ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिपकेले आफूले आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन्। जन्तरमन्तरमा विरोध प्रदर्शन गरिरहेका दिपकेले भनेका छन्, ‘म आज आमरण अनशन सुरु गर्दैछु। म सबैलाई पछि नहट्न अपिल गर्दछु। यो आन्दोलन अझ ठुलो हुँदै जानेछ। उनीहरूले ठुलो गल्ती गरेका छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)