काठमाडौँमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ हुने, स्टल बुकिङ खुला
nepalnews.com · Sat Jul 18 08:44:52 GMT 2026

काठमाडौँ। नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका साथ काठमाडौँमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३’ हुने भएको छ।
‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ आगामी ४, ५ र ६ मंसिर २०८३ (२०, २१ र २२ नोभेम्बर २०२६) भृकुटीमण्डपमा हुने प्रदर्शनीका लागि १ साउनदेखि स्टल बुकिङ खुला गरिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभागअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र हरिहरभवन र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)