मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दादुराको प्रकोप बढेसँगै विद्यालय बन्द

gorkhapatraonline.com · Wed Jun 03 03:34:37 GMT 2026

कर्णालीका तीन जिल्ला सुर्खेत, कालीकोट र जाजरकोटमा दादुराको प्रकोप देखिएको छ । यी तीन जिल्लामा दादुराका बिरामी देखिएपछि त्यसको उपचार, खोपलगायतका काम सुरु गरिएको छ । भारतबाट आएका र विगतमा खोपबाट वञ्चित भएकामा दादुरा देखा परेको जनाइएको छ ।

सुर्खेतमा तीन जना, जाजरकोटमा चार जना र कालीकोटमा चार जनामा दादुरा देखिएको हो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका–९, बोटेचौर नजिकमा बसोबास गर्ने ज्वरोले थपिएका बिरामीको रगत परीक्षणका लागि पठाइएको छ । पाँच वटा नमुनामा तीन जनामा जेठ १३ गते दादुरा पुष्टि भएको हो । अरू पनि नमुना पठाइएकोमा ती पनि पोजेटिभ देखिएपछि बिरामीलाई घरमै आइसोलेसनमा राखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य निरीक्षक धनबहादुर बुढाले बताउनुभयो । गुर्भाकोटमा दादुरा देखा परेकामा एक जना १० महिनाका, दुई वर्षका र १५ वर्षका बालक रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)