सिँचाइको पहुँचसँगै किसान लाभान्वित
gorkhapatraonline.com · Wed Jun 03 03:34:37 GMT 2026

दोलखा, जेठ २० गते । दोलखाको वैतेश्वर गाउँपालिका–४ र ५ मा निर्माणाधीन निम्कोट–भस्मेखोला सिँचाइ आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । एसियाली विकास बैङ्कको सहयोगमा निर्माण भइरहेको दुई किलोमिटर लम्बाइ रहेको आयोजनाबाट ६५ हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्ने पालिका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार फस्कु–प्रिसिजन जेभी काठमाडौँद्वारा निर्माणाधीन आयोजना अन्तर्गत हेडवक्र्स, क्यानल निर्माण, पाइप जडान तथा भस्मे खोलामा मुहान निर्माणको काम भइरहेको छ । आयोजना सम्पन्न भएपछि अर्चले, निम्कोट र लप्सेबेँसी क्षेत्रका दुई सयभन्दा बढी किसान प्रत्यक्ष लाभान्वित हुने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)