धनगढीको नवजीवन अस्पतालमा युवतीको मृत्यु, डाक्टरले लापरबाही गरेको आरोप
onlinekhabar.com · Wed Jun 03 03:33:53 GMT 2026

२० जेठ, धनगढी । धनगढीको नवजीवन अस्पतालमा उपचाररत युवतीको मृत्यु भएको छ । प्रहरीकाअनुसार कैलालीको गोदावरी नगरपालिका-६ लालपुर बस्ने २२ वर्षीया सनम बिकको गएराति उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले टन्सिलसम्बन्धी समस्याको उपचारका लागि बिकलाई नवजीवन अस्पताल भर्ना गरिएको पाइएको बताए । उनकाअनुसार जेठ ९ गते बिकको टन्सिलको शल्यक्रिया गरिएको थियो । त्यसपछि डिस्चार्ज भएर घर फर्किएकी बिकको स्वास्थ्य पुन: बिग्रिएको थियो
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)