मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति

Ujyaaloonline.com · Mon Jan 30 00:49:15 GMT 2023

काठमाण्डाै – रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन हुनुभएको छ । धुम्बाराहीमा आज आइवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो ।

गएको शुक्रवार सर्वोच्च अदालतले लामिछानेकाे नागरिकता नै अवैध ठहर गरेपछि उहाँको पार्टी सभापति, सांसद र मन्त्री पद नै खारेज भएको थियो । तर आज नागरिकता पुनः कायम भएपछि उहाँ फेरि सभापति हुन योग्य हुनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)