दाङ भ्याकेशन लिगमा डाँफे युवा क्लब र पुरन्धारा क्रिकेट क्लब विजयी
neplays.com
नेवा सप्लायर्स दाङ भ्याकेशन लिगमा डाँफे युवा क्लब र पुरन्धारा क्रिकेट क्लब विजयी भएका छन् । शनिवार चन्द्र ज्योति क्रिकेट क्लब र डाँफे युवा क्लब बिच भएको खेलमा डाँफे क्लब ४ विकेटले विजयी भएको हो भने पुरन्धारा क्रिकेट क्लब र इन्द्रेणी क्रिकेट क्लब बिच भएको खेलमा पुरन्धारा क्रिकेट क्लब ६८ रनले विजयी भएको छ ।
लिग चरण अन्तरगत शनिवार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चन्द्र ज्योति क्रिकेट क्लब ३१ ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । चन्द्र ज्योतिका लागि ध्रुवबहादुर चौधरीले १७, चेतनारायण चौधरीले ११ रन बनाउनु बाहेक अरू खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)