मिस यूनिभर्स सुस्मिता सेनलाई कसरी लाग्यो ‘गोल्ड डिगर’ को ट्याग
kendrabindu.com · Wed Jun 03 03:39:15 GMT 2026

न्युदिल्ली । जुलाई २०२२ मा जब व्यवसायी तथा इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक अध्यक्ष ललित मोदीसँगको सम्बन्धबारे खुलासा भयो, तब नायिका तथा पूर्व मिस युनिभर्स सुस्मिता सेन विवादमा तानिइन् । धन सम्पत्तिकै लोभमा आफुभन्दा १३ वर्ष जेठा मोदीसँग लागेको भन्दै उनले निकै आलोचना खेप्नु पर्यो ।
दुई ‘एडप्टेड’ छोरीकी अविवाहित आमा सुस्मिताको सम्बन्ध त्यसअघि अभिनेता रणद्वीप हुडासँग २००६ सम्म दुई वर्ष चल्यो भने २०१८ देखि तीन वर्ष मोडल रोमन सलसँग चलेको थियो । त्यसपछि मोदीसँगको सम्बन्धले एकाएक चर्चामा तानिएकी सुस्मिताको उक्त सम्बन्ध पनि फेब्रुअरी २०२५ मा आएर टुंगिएको थियो । त्यस अवधिमा सुस्मितालाई धनाढ्यलाई सम्पत्तिका लागि प्रेमजालमा फसाउने ‘गोल्ड डिगर’ को ट्याग नै लाग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)