नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्वीरहरू)
nepalviews.com · Sat Jul 18 08:57:13 GMT 2026

काठमाडौं । नागरिक अगुवा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ । पाण्डेलाई श्रद्धाञ्जली दिन कांग्रेस सभापति गगन थापालगायत लेखक, बुद्धिजीवी, अभियन्ताहरू पशुपति आर्यघाट पुगेका थिए ।
क्यान्सर रोगबाट पीडित डा. पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार विशालनगरस्थित आफ्नै निवासमा निधन भएको थियो । डा.पाण्डेले २०३६ सालको जनमतसंग्रह अघि सरकारको सचिवबाट राजीनामा दिएका थिए । त्यसपछि उनी २०४६ सालको जनआन्दोलनपछि बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)