मुख्यमन्त्री शाहको पद कायमै
gorkhapatraonline.com · Wed Jun 03 03:53:18 GMT 2026

बहुमत नौ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेपछि आफ्नै दलभित्र अल्पमतमा पर्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद जोगिएको छ ।
प्रदेश सभा सदस्य डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री शाहको दलका नेता पद जोगिएको हो । उहाँ दलको नेता रहिरहने पक्षमा बहुमत पुगेपछि मुख्यमन्त्री शाहको मुख्यमन्त्री पद जोेखिममा पर्ने सम्भावना पनि टरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)