मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एक्शन क्यामरा निर्माता कम्पनी गोप्रोले विश्वभरबाट आफ्ना १५ प्रतिशत कर्मचारी हटाउने

barnanmedia.com · Tue Aug 20 21:59:48 UTC 2024

एक्शन क्यामरा निर्माता कम्पनी गोप्रोले पनि विश्वभरबाट आफ्ना १५ प्रतिशत कर्मचारी हटाउने भएको छ। गत सोमबार कम्पनीले सञ्चालन खर्च कटौतीका लागि पुनर्संरचना योजना अन्तर्गत समग्र कामदारको १५ प्रतिशत हटाउने निर्णय भएको बताएको हो।

कम्पनीले यो पुनर्संरचना योजनाका लागि ५ देखि ७ अर्ब डलर खर्च हुने अपेक्षा गरेको छ भने तेस्रो चौमासमा पहिचानका लागि १० लाख डलर तथा चौथो त्रैमासमा ४० देखि ६० लाख डलर खर्च हुने आकलन गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)