किन ढिलाई भईरहेको छ चक्रपथ विस्तार
kendrabindu.com · Wed Jun 03 04:00:53 GMT 2026

काठमाडौं । चक्रपथ विस्तारअन्तर्गत करिब १६ किलोमिटर सडक आठ वर्ष पुग्दा पनि निर्माण हुन सकेको छैन। २०६९ सालमा पहिलो खण्ड कोटेश्वर–कलंकीको विस्तार थालिएको थियो । २०७५ सालमा उक्त खण्डको काम सकिए पनि त्यसपछि कलंकी–कोटेश्वर खण्डको विस्तारले गति लिन सकेको छैन ।
पहिलो खण्डको काम सकिएको आठ वर्षपछि बल्ल दोस्रो खण्ड कलंकी–बसुन्धरा खण्ड (८.२ किलोमिटर) को विस्तार गर्न सुरसार गरियो । तर अहिलेसम्म यस खण्डमा काम अघि बढ्न सकेको छैन। अहिले बसुन्धरा चोक नजिकसम्म मात्र सडक विस्तार गर्ने तयारी हुँदै छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)