खोटाङको सल्लेमा एक घर, एक धारा : ३१ घरपरिवार लाभान्वित
annapurnapost.com · Wed Jun 03 03:52:06 GMT 2026

सुनसरी : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा एक घर, एक धारा कार्यक्रम गरिएको छ। गोर्खा वेलफेयर ट्रष्टको आर्थिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि ३१ घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका हुन्।
वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सल्लेका स्थानीय बासिन्दाले अब आफ्नै घरआँगनमा स्वच्छ खानेपानी पाउन थालेका छन्। स्थानीय खोलाको मुहानबाट लिफ्टिङ प्रविधिमार्फत पानी तानेर बस्तीमा वितरण गरिएको हो। आयोजना निर्माणको काम ७२ दिनभित्र उपभोक्ता समिति तथा नगरपालिकालाई हस्तान्तरण गरिएको गोर्खा वेलफेयर सोसाइटी धरानका सिनियर अफिसर केदार राईले जानकारी दिए। उनका अनुसार आयोजनाअन्तर्गत २६ घरमा निजी र २ वटा सार्वजनिक धाराहरू जडान गरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)