मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल सुपर लिगमा ललितपुरलाई काठमाडौंको चुनौती, ललितपुरले निकाल्न सक्ला पहिलो जित ?

shilapatra.com · Tue Dec 26 00:52:57 GMT 2023

दोस्रो संस्करणको नेपाल सुपर लिगअन्तर्गत एलिमिनेटरमा आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिँदै छन् । काठमाडौंसँग ललितपुरको यो चौथो भिडन्त हो । यसअघि यी टोली गत सिजनमा दुईपटक र यस सिजनमा एकपटक एकअर्काविरुद्ध मैदानमा उत्रिसकेका छन् ।

गत सिजनको समूह चरणमा काठमाडौंविरुद्ध १–० गोलले पराजित भएको ललितपुर सोही सिजनको क्वालिफायर २ मा काठमाडौंसँग ३–० गोलले स्तब्ध बनेको थियो । यस संस्करणको नेपाल सुपर लिगमा पनि ललितपुरमाथि काठमाडौं १–० गोलअन्तरले हाबी भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)