महोत्तरीमा बालक अपहरण प्रयासमा संलग्न एक जना पक्राउ
gorkhapatraonline.com · Wed Jun 03 04:03:44 GMT 2026

महोत्तरीमा बालक अपहरण प्रयासमा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत वैशाख ७ गते अपराह्न करिब ४ बजे तीन जना अपरिचित व्यक्तिले नम्बर नखुलेको मोटरसाइकलमा एक आठ वर्षीय बालकलाई जबर्जस्ती राखी अपहरण गर्ने प्रयास गरेका थिए।
बालकलाई मोटरसाइकलमा लैजान खोज्दा बालक चिच्याउन थालेपछि स्थानीयवासीले देखेर मोटरसाइकल रोक्ने प्रयास गरेका थिए। त्यसपछि आरोपितहरूले बालकलाई घटनास्थलमै छाडेर फरार भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)