सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टोली व्यवस्थापक
nepalpress.com · Sat Jul 18 09:16:29 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आफ्नो व्यवस्थापन टोली सार्वजनिक गरेको छ। टोलीले दोस्रो संस्करणका लागि पनि युवा खेल प्रशासक सुनिल थापालाई टोली व्यवस्थापक (टिम म्यानेजर)को जिम्मेवारी निरन्तरता दिएको हो।
२६ वर्षीय थापा विगत केही वर्षदेखि नेपाली क्रिकेटको व्यवस्थापन र विकासमा सक्रिय छन्। उनी स्वयं पनि क्रिकेट खेलाडी रहिसकेका छन् भने विभिन्न राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिताको सफल व्यवस्थापन गर्दै आएका छन्। उनले बीबीए कप क्रिकेटदेखि कलेज क्रिकेट लिगसम्मका प्रतियोगिता सञ्चालन गरी खेल व्यवस्थापनमा आफ्नो क्षमता प्रमाणित गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)