मापसे गरेका चालकले हाँकेको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
kendrabindu.com · Sat Jul 18 09:25:14 GMT 2026

सर्लाही । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मादक पदार्थ सेवन (मापसे) गरेका चालकले चलाएको ट्रकले दुई वटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ गइरहेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको हो। ठक्करपछि बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस सडकमा पल्टिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)