मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकासँग युद्ध सुरु भएपछि इरानले परमाणु कार्यक्रम सीमित गरेको हो ?

baahrakhari.com · Wed Jun 03 04:09:23 GMT 2026

काठमाडौं । अमेरिकासँगको युद्धका क्रममा इरानले आफ्ना कयौँ परमाणु कार्यक्रम बन्द गरेको छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) प्रमुख राफेल ग्रोसीले इरान–अमेरिका युद्धबीच तेहरानले आफ्ना कैयौँ परमाणु कार्यक्रमहरू बन्द गरेको दाबी गरेका छन् ।

इरानविरुद्ध पश्चिमी देशहरूको कडा प्रतिबन्धपछि प्राप्त गुप्तचर जानकारीका आधारमा इरानले आफ्ना परमाणु कार्यक्रमहरूलाई सीमित गरेको थाहा भएको उनले बताए ।

इजरायल र लेबनानबीच अमेरिकामा चौथो चरणको वार्ता हुन गइरहेको बेला ग्रोसीको यो अभिव्यक्ति आएको हो । त्यसका लागि दुवै देशका प्रतिनिधिहरू वासिङ्टन पुगिसकेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरान आफ्नो परमाणु कार्यक्रमका विभिन्न पक्षहरूमा वार्ता गर्न तयार रहेको मंगलबार बताएका छन् । सिनेटको वैदेशिक सम्बन्ध समितिमा रुबियोले भने, “हामी कुरा गरिरहेका छौँ । हाम्रा सामु एउटा सम्भावना छ, जुन आज वा भोलि हुन सक्छ, वा यसमा एक हप्ता पनि लाग्न सक्छ । यो पहिलोपटक हो, जब इरान परमाणु कार्यक्रमबारे वार्ता गर्न तयार भएको छ ।”

रुबियोले होर्मुज जलमार्ग खुला राख्नुपर्नेमा जोड दिँदै अन्तर्राष्ट्रिय जलमार्गहरूलाई अवरोधरहित राख्न आग्रह गरेका छन् । इरानले होर्मुज जलमार्ग खुला गरे अमेरिकाले इरानी बन्दरगाहहरूमाथि लगाएको नाकाबन्दी हटाउन सक्ने उनले बताए । इरानका सर्वोच्च नेता मोजतबा खामेनी जीवितै रहेको र अझै पनि निर्णय प्रक्रियामा संलग्न रहेको जानकारी दिए ।

रुबियोले दुवै देशबीचको विवाद चाँडै समाधान हुने आशा व्यक्त गरेका छन् । उनले इजरायल र लेबनानबीच पनि चाँडै शान्ति सम्झौता हुन सक्ने बताएका छन् । रुबियोले इजरायल र लेबनानबीचको सम्बन्धमा हिजबुल्लाह मात्रै प्रमुख बाधक रहेको उल्लेख गरे ।

#अमेरिका र इरान

#इरानको परमाणु

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय