दिल्लीको नजरमा आरजु नयाँ शक्तिकेन्द्र !
barnanmedia.com · Tue Aug 20 22:16:36 UTC 2024

जबजब भारतले नेपालमा परम्परागत शक्तिभन्दा भिन्न तत्वलाई बढावा दिन्छ, उसले दिल्ली बोलाएर सबैले देख्ने गरी भव्य स्वागत सत्कार टक्र्याउँछ । ०६३ को परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाले दक्षिण एसियाकै नेताको पगरी पाए । तर तिनै कोइराला पछि राष्ट्रपति बन्नबाट रोकिए ।
प्रचण्डलाई पनि एकताका ठूलै मान सम्मान साउथ ब्लकले दिएको थियो । कटवाल काण्डमा उनलाई पनि दिल्लीले सबक सिकायो । अहिले पाँच दिने औपचारिक भ्रमणका लागि भारत गएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि उच्च महत्त्व पाएकी छन् । आफ्नो स्वास्थ्योपचारमा दिल्ली जाने योजना बनाएकी राणाले यसअघि बिरलै नेपाली नेताले पाएको महत्त्व पाएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)