एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
nepalviews.com · Wed Jun 03 04:17:23 GMT 2026

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । यही जे७ १८ गते सम्पन्न २८औं वार्षिक साधारणसभाले संस्थापक शेयरधनीहरूको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालज्यूले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् । उनले मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)