आशिका तामाङ भन्छिन्- सभामुखको मुख न्याउरो हुँदै गयो, प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ
barnanmedia.com · Wed Jun 03 04:15:09 GMT 2026

सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष जनाएकी छन्।
‘नेपालले पनि भारतको जग्गा अतिक्रमण गरेको रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्ट रहँदै आएकी सांसद तामाङले यो विषयमा प्रधानमन्त्री शाहले संसदमा आएर जवाफ दिनुपर्ने तर्क गरेकी छन्।
उनको विपक्षीको लगातारको अवरोधका कारण सभामुख डीपी अर्यालसमेत निरीह बन्दै गएको जिकीर गरेकी छन्।
‘हरेक दिन सभामुखको मुख सानो सानो न्याउरो देख्दै हुँदै गएको देख्छु यो राम्रो हो त?’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मलाई मात्र होइन धेरैलाई लाग्छ उहाँले आफूले चाहेर पनि आफ्नो कार्य सभा सञ्चालन गर्न पाउनुभएको छैन।’
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधि सभा सदस्य तामाङले प्रधानमन्त्री शाहलाई संसदमा आएर प्रतिपक्षका सवालको जवाफ दिनुपर्ने बताएकी छन्।
‘कृपया सदनमा आइदिनु भइ प्रतिपक्ष दलका सवालजफाव दिनुहोला र हामी सत्तापक्षको मन राखिदिनुहोला’ उनको भनाई छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
प्रतिनिधि सभा
बालेन शाह