मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नतिजा प्रकाशन भएको मितिले एक वर्षसम्म सच्याउनु पर्ने मार्कसिटमा शुल्क नलाग्ने

barnanmedia.com · Tue Aug 20 22:26:17 UTC 2024

नतिजा प्रकाशन भएको मितिले एक वर्षसम्म सच्याउनु पर्ने मार्कसिटमा शुल्क नलाग्ने भएको छ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरी तोकिएको तह र वर्षको सबै परीक्षा उत्तीर्ण भई ट्रान्सक्रिप्टका लागि आवेदन दिएका तर विद्यार्थीले पेस गरेको कागजात तथा अभिलेखमा एकरूपता नदेखिएका कारण आफ्नो ट्रान्सक्रिप्ट पाउन नसकेका विद्यार्थीहरूले नियमानुसर लाग्ने शुल्कको बैंक भौचर पेस गर्नुपर्ने बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)