पुष्पलाल र जन्मशताब्दीका कुरा
rajdhanidaily.com · Tue Sep 03 23:18:54 UTC 2024
यस वर्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (पीएल) (१९२४–१९७८)को जन्मशताब्दी नेपाली कम्युनिस्ट पार्टीहरूले मनाउँदै छन् । उनले ७५ वर्षअघि भारतको कलकत्तामा अन्य चार जनाको सहयोगमा स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी एक दर्जनभन्दा बढी समूहमा विभाजित भए पनि सबैका लागि पुष्पलाल (पुल) सबैभन्दा पूज्य र प्रतिष्ठित व्यक्तित्व हुन् । नेपाली कांग्रेसले मुलुकमा सामाजिक–आर्थिक रूपान्तरण गर्न नसक्ने निष्कर्ष निकालेपछि उनले नेकपा स्थापना गर्ने निर्णय गरेका हुन् । निरंकुश राणा शासन, सामन्तवाद, साम्राज्यवादको अन्त्य गरी शान्तिपूर्ण संघर्षद्वारा राष्ट्रलाई लोकतन्त्र र आर्थिक समानतामा ल्याउने यसको मुख्य उद्देश्य थियो ।
तर, जीवित रहँदा वा उत्पीडित जनताको मुक्तिका लागि सक्रिय हुँदा पुष्पलालले आफ्ना साथीहरूबाट चरम कष्ट, एक्लोपन र अपमानको सामना गर्नुपरेको थियो । यसभन्दा रहस्यमय के छ भने पार्टी स्थापना भएको २ वर्षपछि नै महासचिव पदबाट हटाइयो । सन् १९५१ मा एनसीपीले कलकत्तामा आफ्नो पहिलो सम्मेलन ग¥यो र पुष्पलाललाई महासचिवमा पुनः निर्वाचित ग¥यो । तर, सोही वर्ष पार्टीको राजनीतिक समितिले कुनै पनि कारणबिना अनौपचारिक रूपमा उनलाई शीर्ष पदबाट हटायो । समितिमा पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, शम्भुराम श्रेष्ठ, केदार खनाल, डीपी अधिकारी, धनुषचन्द्र गौतम र विजयकुमार दादा सदस्य थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)