भाग्य कि पुरुषार्थ ?
nayapatrikadaily.com · Thu Nov 02 00:23:00 GMT 2023
धेरै समयअघिको कुरा हो । एउटा जंगलमा चल्तीको गुरुकुल थियो । जहाँ थुप्रै बालक पढ्न आउथे । एकदिन गुरुले सबै विद्यार्थीलाई एकैठाउँ राखेर पढाइरहेका थिए । तर, एउटा विधार्थीले भने बारम्बार बुझाउँदा पनि पाठलाई बुझ्न सकिरहेको थिएन । उसको बोधोपनबाट दिक्क भएर गुरुलाई ती विद्यार्थीसँग एकदमै रिस उठ्छ । उनले उक्त विद्यार्थीलाई तिम्रो हात देखाऊ त भन्छन् । विद्यार्थीले आफ्नो हत्केला गुरुको अगाडि फैलाइदिन्छ । उसको हातका रेखा हेरेर गुरु उसलाई बाबु तिमीले पढेर खान सक्दैनौ, तिम्रो भाग्यमा विद्या छैन, तिमी घर जाऊ भन्छन् ।
उक्त विद्यार्थीले गुरुलाई किन र गुरुजी भनेर सोध्छ । गुरुले एउटा पढैया विद्यार्थीको हत्केला देखाउँदै तिम्रो हातमा उसकोजस्तो विद्याको रेखा नै छैन, त्यसैले तिमीले पढ्ने दुःख नगरेकै जाती, तिमी घर गए हुन्छ भन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)