खाडी क्षेत्रमा फेरि तनाव चुलियो: अमेरिका–इरान वार्ता अझै निष्कर्षविहीन
nepalviews.com · Wed Jun 03 04:34:30 GMT 2026

एजेन्सी । खाडी क्षेत्रमा बुधबार पुनः तनाव बढेको छ । अमेरिकी सेनाले इरानले बहराइन, कुवेत तथा अन्य क्षेत्रीय लक्ष्यहरूमा प्रहार गर्न प्रक्षेपण गरेका मिसाइलहरू या त रोकिएको वा लक्ष्यसम्म पुग्न असफल भएको जनाएको छ । यसैबीच, वासिङ्टन र तेहरानबीचको कूटनीतिक प्रयासमा पनि उल्लेखनीय प्रगति हुन सकेको छैन ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्ट्रल कमाण्ड) का अनुसार कुवेततर्फ प्रहार गरिएका दुई इरानी मिसाइल लक्ष्यसम्म पुग्नुअघि नै खसेका वा उडानकै क्रममा टुक्रिएका थिए । त्यसैगरी, क्षेत्रीय लक्ष्यतर्फ प्रहार गरिएका केही ब्यालिस्टिक मिसाइलहरू असफल भए भने बहराइनतर्फ गइरहेका तीन मिसाइलहरू अवरोध गरी खसालिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)