धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या
annapurnapost.com · Wed Jun 03 04:28:42 GMT 2026

दैलेख : दैलेखमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेका छन् । उनले धारिलो हतियार हँसिया प्रहार गरी छोराको हत्या गरेका हुन् । मंगलबार राति दैलेखको नारायण नगरपालिका–९ सालखर्क बस्ने ७० वर्षीय कबिराज थापाले आफ्नै छोराको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार मादक पदार्थ सेवन गरी सामान्य वाद–बिवादमा कविराजले आफ्नै छोरा ४५ वर्षीय यादब थापालाई हँसियाले शरीरको विभिन्न भागमा प्रहार गरेका थिए । धारिलो हतियारबाट घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा ल्याईएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
नेपाल प्रहरी