भक्तपुर गठ्ठाघर दुर्घटना : ट्रक चालकले स्कुटर आएको थाहा नपाएको छानबिन समितिकाे निष्कर्ष
barnanmedia.com · Tue Aug 20 22:37:20 UTC 2024

गत बिहीबार भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको दुर्घटनाबारे ट्रक चालकले थाहै नपाएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
प्रहरीले उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वमा गठन गरेको समितिले मंगलबार बुझाएको प्रतिवेदनमा ट्रक चालकले आफूले स्कुटर नै नदेखेको बयान दिएको उल्लेख छ ।ना ६ ख २१७३ नम्बरका ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका-२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठसँग समितिले सोधपुछ गरेको थियो । त्यस क्रममा आफूले स्कुटर नदेखेको र केही पछि मात्रै चक्काले केही वस्तु घिसारेजस्तो लागेपछि लुकिङ ग्लास हेर्दा दुर्घटना भएको थाहा पाएको बयान दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)