श्वेत भैरवको मुखबाट प्रसाद पिउन महिलाहरुबिच प्रतिस्पर्धा
pahilopost.com · Tue Sep 21 16:26:22 GMT 2021
काठमाडौं : यँया: (इन्द्रजात्रा)को अवसरमा हनुमानढोकामा रहेको हाथुद्यः (श्वेत भैरव) को मुखबाट निस्कने प्रसाद थ्वं (जाँड) र समयबजी आज महिलालाई मात्र खुवाएको छ। ८ दिनसम्म मनाइने इन्द्रजात्रामा यँया पुन्हि / भाद्र शुक्ल पूर्णिमाको भोलिपल्ट मात्र यसरी महिलहरुलाई जाँड प्रसादका रुपमा खुवाइन्छ।
मंगलवार राति पनि प्रसाद खानका लागि ठूलो संख्यामा महिला हनुमानढोका अघि उपस्थित थिए। सुरक्षालाई मध्यनजर गर्नै धेरै संख्यामा महिला प्रहरी तैनाथ गरिएको थियो। श्वेत भैरवको विशाल मूर्तिको मुखबाट जोडिएको पाइपबाट जाँडको धारा बगाइएपछि महिलाहरु प्रसाद खान तँछाड मछाड गरेका थिए। त्यहाँ उपस्थित महिलाबिच प्रसाद पिउन प्रतिस्पर्धा नै भएको थयो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)