मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केन्द्रदेखि गाउँसम्म विघटन र पुनर्गठन गरेर जानु पर्ने एमाले कार्यदललाई कार्यकर्ताको सुझाव

kendrabindu.com · Wed Jun 03 04:42:51 GMT 2026

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नराम्रो पराजय व्यहोरेको नेकपा एमालेमा सबै तहको कमिटी विघटन गरेर जान सुझाव आएको नेताहरूले बताएका छन्। निर्वाचनमा पार्टीको नीति र नेतृत्व दुवै असफल भएको भन्दै संगठनात्मक ढाँचालाई पूरै बदल्नुपर्ने आवाज उठेको उनीहरूको भनाइ छ।

चुनावी हारको जिम्मा लिँदै अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अधिकांश सचिवालय सदस्यको दबाबपछि उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा चुनावी समीक्षा र पार्टी पुनर्गठन कार्यदल गठन गरिएको थियो। जेठ ८ देखि १० गतेसम्म बसेको सचिवालय बैठकले गठन गरेको कार्यदलका सदस्यलाई केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटी भंग गरेर जान तल्लो तहका नेता र कार्यकर्ताले ताकिता गरेको कार्यदल सदस्य एवं पार्टी सचिव भानुभक्त ढकाल बताउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय