छिल्लीकोट दरबार क्षेत्रमा उत्खनन् नहुँदा संरक्षण चुनौती
gorkhapatraonline.com · Wed Jun 03 04:41:47 GMT 2026

तुलसीपुर उपमहानगरपालिकाभित्र दुई वटा ऐतिहासिक दरबार क्षेत्र रहेका छन्। तुलसीपुर उपमहानगरपालिका–११ मा अवस्थित दंगीशरण राजाको ऐतिहासिक सुकौराकोट दरबार क्षेत्र र वडा नं. १९ मा रहेको छिल्लीकोटस्थित चल्ल वंशीय राजाको दरबार क्षेत्र प्रमुख हुन्। सुकौराकोट दरबार क्षेत्रमा पुरातत्व विभागद्वारा उत्खनन् कार्य सम्पन्न भइसकेको भए पनि छिल्लीकोट दरबार क्षेत्रमा भने उत्खनन् कार्य हुन बाँकी छ।
छिल्लीकोट कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनका अनुसार दरबार क्षेत्रभित्र खन्ने क्रममा इँटा तथा झिङ्गटी फेला परेका छन्। दरबार क्षेत्रको ऐतिहासिक पृष्ठभूमिबारे विस्तृत जानकारीका लागि पुरातत्व विभागसँग पटक–पटक उत्खनन्को माग गरिएको उहाँले बताउनुभयो। उहाँले गढी संरक्षणका लागि नेपाली सेनाले समेत चासो देखाएको जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)