भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते
gorkhapatraonline.com · Mon Dec 08 17:42:10 GMT 2025

रसुवा जिल्लाको कालिका गाउँपालिका –५ मा सोमबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । बिहान करिब ७ः३० बजे बारीमा घाँस काटिरहेका जिवजिवेका चेतनाथ गजुरेल र नौकुण्ड गाउँपालिका –५ खाल्चेतका मानबहादुर थिङलाई जङ्गली भालुले आक्रमण गरेको थियो ।
लाङटाट राष्ट्रिय निकुञ्ज कालिकास्थान पोष्टका रेन्जर सुलक्षा श्रेष्ठका अनुसार थिङ जिवजिवेबाट खाल्चेततर्फ जाँदैगर्दा जङ्गली भालुले आक्रमण गरेको थियो । दुवै जनाको शरीरभरि चोटपटक लागेको श्रेष्ठले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)