रुपन्देहीमा स्कुल हिँडेका दाजु बहिनी बाटाेमै अपहरित, झापामा सकुशल उद्धार
rajdhanidaily.com · Fri Feb 18 16:40:11 GMT 2022
बुटवल । विद्यालय जाने क्रममा अपहरणमा परेका रुपन्देहीका दुई बालबालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियाबाट बिहीबार बिहान स्कुल हिँडेका एकै घरका दुई बालबालिका अपहरणमा परेका थिए ।
अपहरित बालबालिकालाई प्रहरीले शुक्रबार झापाबाट सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा संलग्न खिमबहादुर पौडेललाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)