अमेरिकामा मध्यावधि निर्वाचनको अग्रिम मतदान सुरु
barnanmedia.com · Fri Sep 18 23:27:28 GMT 2026

सन् २०२६ को अमेरिकी मध्यावधि निर्वाचनका लागि शुक्रबारदेखि प्रत्यक्ष अग्रिम मतदान सुरु भएको छ । आगामी नोभेम्बर ३ मा हुने निर्वाचनले अमेरिकी कङ्ग्रेसको प्रतिनिधिसभा र सिनेटमा कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ ।
निर्वाचन अधिकारीले मतदान प्रक्रिया सुरक्षित र व्यवस्थित हुने बताएका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानका केही विधिको आलोचना गर्दै निर्वाचन सञ्चालनमा परिवर्तन ल्याउने प्रयास गरिरहेका छन् । उनको प्रशासनले गैरनागरिक मतदाता पहिचान गर्न मतदाता विवरणमा पहुँच बढाउने प्रयाससमेत गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)