काठमाडौंबाट २ चिनियाँ पक्राउ
nepalpress.com · Wed Jun 03 04:54:53 GMT 2026

काठमाडौं । प्रहरीले शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिकलाई नक्सालबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ३३ वर्षीय वाङ वेन्ड तथा ३२ वर्षीय चेन शुआन्गुई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए ।
काठमाडौं महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा चिनियाँ नागरिक ‘भिजिट भिसा’ मा नेपाल आई भिषाको उद्देश्य विपरीत शङ्कास्पद गतिविधि गर्ने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुले नक्साल नारायणचौरमा रहेको आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली अवैध रुपमा विदेशी मोडल तथा युवतीको लाइभ हब एपमार्फत अकाउन्ट खोली विदेशी र भारतीय नागरिकलाई साथी बनाई कुराकानी गरी पैसा माग्ने तथा शङ्कास्पद गतिविधि गर्ने गरेको प्रहरीले जनाएको छ ।
निजहरुलाई नक्सालबाट पक्राउ गरी अध्यागमन ऐनअन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थान, पठाइएको प्रवक्ता कार्कीले बताए ।
Kathmandu: Police have arrested two Chinese nationals from Naxal on charges of being involved in suspicious activities and made them public.
Those arrested are 33-year-old Wang Wend and 32-year-old Chen Shuanghui, said Rameshwor Karki, spokesperson for the Kathmandu Valley Crime Investigation Office and Superintendent of Police.
They were arrested in the Naxal Narayanchaur area of Kathmandu Metropolitan City-1 based on information that Chinese citizens were entering Nepal on 'visit visas' and engaging in suspicious activities contrary to the purpose of the visa.
The arrested persons have illegally opened an office called RR Building Entro Technology in Naxal Narayanchaur and opened accounts through the Live Hub app of foreign models and young women, made friends with foreigners and Indian citizens, asked for money and engaged in suspicious activities, according to the police.
Spokesperson Karki said that they were arrested from Naxal and sent to the Immigration Department, Kalikasthan, for further investigation and necessary action under the Immigration Act.
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ