विशेष अदालतको अध्यक्षमा सिफारिस : अनुभवी न्यायाधीश बासुदेव आचार्य
barnanmedia.com · Sat Jul 18 09:55:43 GMT 2026

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष पदमा नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गरेसँगै उनको लामो न्यायिक अनुभव, कार्यसम्पादन र जटिल प्रकृतिका मुद्दामा दिएका फैसलाहरू पुनः चर्चामा आएका छन्। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, राजस्व छली तथा अन्य आर्थिक अपराधसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने विशेष अदालतको नेतृत्वका लागि उनको सिफारिसलाई न्यायिक क्षेत्रको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
सार्वजनिक गरिएको कार्यसम्पादन विवरणअनुसार आचार्यले विभिन्न अदालतमा कार्यरत रहँदा ४ हजार ८९६ वटा फैसला र ६ हजार ६६१ वटा आदेश जारी गरेका छन्। फैसला र आदेश गरी उनले कुल ११ हजार १५७ वटा न्यायिक कार्य सम्पन्न गरेका छन । अस्थायी इजलास वीरगञ्ज, उच्च अदालत पाटन, राजबिराज इजलास, श्रम अदालत र बुटवल इजलासमा कार्यरत रहँदा उनले उल्लेखनीय संख्यामा मुद्दा फर्छ्योट गर्दै न्याय सम्पादनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)